नियम ११
प्रमाणपत्रको अवधि र नवीकरण
(१) नियम ९ वा १० बमोजिम दिइएको प्रमाणपत्रको
अवधि तीन आर्थिक वर्षसम्म बहाल रहनेछ ।
तर अस्थायी प्रेस प्रतिनिधिको प्रमाणपत्र जति समयको लागि दिइएको छ सोही
अवधिसम्म मात्र बहाल रहनेछ ।
(२) उपनियम (१) बमोजिम प्रमाणपत्र बहाल रहने अवधि समाप्त भएको मितिले ३५
दिनभित्र प्रमाणपत्र नवीकरण गराउन पचास रुपैयाँ दस्तुर सहित अनुसूची–१४ बमोजिमको
ढा“चामा महानिर्देशक समक्ष दरखास्त दिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिमको म्याद नाघेपछि कुनै व्यक्तिले प्रमाणपत्र नवीकरणको
लागि दरखास्त दिन आएमा महानिर्देशकले उपनियम (२) बमोजिम लाग्ने दस्तुरमा देहाय
बमोजिमको थप दस्तुर लिई नवीकरण गरी दिन सक्नेछ ः
(क) उपनियम (२) बमोजिमको म्याद नाघेको तीन
महिनासम्मको लागि – रु. ५०।–
(ख) खण्ड (क) को म्याद नाघेपछिको असार
मसान्तसम्मको लागि – रु. १५०।–
(४) उपनियम (३) बमोजिम म्यादभित्र पनि प्रमाणपत्र नवीकरण नगराएमा त्यस्तो
प्रमाणपत्र स्वतः खारेज हुनेछ ।
(५) यस नियम बमोजिम विदेशी नागरिकले लिएको प्रमाणपत्र दुई पटक भन्दा बढी
नवीकरण गरिने छैन ।